चुनावमा अरू पार्टीसँग तालमेल गर्छौं: माधव नेपाल

चुनावमा अरू पार्टीसँग तालमेल गर्छौं: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले गठबन्धनलाई आगामी चुनावसम्मै कायमै राखिने बताएका छन्।

राष्ट्रिय सभा सदस्यका लागि रिक्त पदमा हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त सदस्यका लागि हुने उपनिर्वाचन तथा अब हुने स्थानीय तह निर्वाचनमा अरू पार्टीसँग तालमेल गरिने उनले बताए।

उनले पार्टीहरूसँग चुनावी सहकार्य हुने पनि बताएका छन्।तर पार्टीले तत्काल कसैसँग पनि एकता भने नगर्ने अध्यक्ष नेपालले बताए। आज धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले जनतामा स्थापित र लोकप्रिय नेतालाई मात्रै पार्टीले आगामी चुनावमा टिकट दिने बताएका छन्।

उनले सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) ठूलो दल बनाउन सफल भएको पनि बताएका छन्। जनताले आफूहरूको पार्टीलाई माया गरेको पनि उनको भनाइ थियो।साथै उनले उनले बागमती प्रदेशमा आज पार्टीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुने पनि बताएका छन्।

 Fans

Leave a Reply

Your email address will not be published. Required fields are marked *