च्याम्पियनबाट बाहिरीयसंगे अस्मिता डल्लाकोटिको दसैंको गीतले तहल्का-पिट्दै, भिडियो सहित हेर्नुहोस।

च्याम्पियनबाट बाहिरीयसंगे अस्मिता डल्लाकोटिको दसैंको गीतले तहल्का-पिट्दै, भिडियो सहित हेर्नुहोस।

लामो समयदेखी प्रदेशमा भयका दाजुभाइ हरुलाई दसैं आयसंगे घरपरिवार साथि संगीको यादले धेरैनै सताउने-गर्दछ।

दसैमा आफ्नो घरमा आउन नपाउदाको पिडाहरु सायद प्रदेशमा भयका दाजु-भाइ हरुलाई कति हुन्छ भन्ने बारेमा त प्रदेशमै रहेका नेपालीहरुलाई नै सोध्नु पर्दछ। अरु त धेरै कल्पना अनि बनावटी कुराहरु हुन सक्छन, तर दसैं नजिकिय संगै आफ्नो देशको मायाले प्रदेशीहरु लाइ निकैनै सताउछनै। यस्तै बिषयहरुलाई टपक्क-टिपेर हरेक बर्षहरुमा दसैं नजिकिदै गर्दा कलाकारहरु ले गित बनाउछन अनि गाउछन र त्यो गित त्यहि प्रदेशीको कानमा पर्दा साच्चैनै उसले सोच्ने गर्दछ होला यो गित मेरै लागी बनायको हुन पर्छ।

त्यसैले पनि सायद कलाकारलाई देशको गहना भनियको हुन सक्छ। जब तिज आउछ पराइ घरमा गायकी चेलीको पिडाहरुलाई टपक्क-टिपेर गित बनाउन पुग्छन कलाकार अनि दसैं आउदै गर्दा यस्तै प्रदेशीहरुको कथालाई टिप्नेगरेको देख्न सकिन्छ। जसले गर्दा दसैं नजिकिय संगै प्रदेशीको मोबाइलमा यस्ता गितहरु हेटफ़ोनको साहारामा कति कानमा गुन्जिन्छ होला त्यो त हामीले कल्पना समेत गर्न सक्दैनौं। त्यस्तै गीतहरुले आफ्नो जिबनमा भयको जस्तै ठानेर त होला धेरै गित सुनेर रुनेगर्दछन भने केहि ले अरुलाई पनि मलाइ जस्तै भयको रहेछ भनेर गित सुन्दै आनन्द लिदै चित्तसमेत बुझायको पाउन सकिन्छ।

भर्खर दोहोरी च्याम्पियनमा धेरैको माया बटुल्दै सबैलाई रूहायर बाहिरीयकी अस्मिता डल्लाकोटिको दसैं बिशेष गित मा पनि धेरै यस्तै माथीका भावहरु पोखीयको देख्न सकिन्छ। जुन गितले पनि धेरै प्रदेसीहरुको कथालाई टपक्क-टिपेको छ। राजु ढकाल, देबी घर्ति, रबिन लामिछाने, र अस्मिता डल्लाकोटीको सुमधुर आवाजमा रहेको दसैं बिशेष गितमा सब्द अनि लय सन्तोष पन्तको रहेको छ। जुन गीतको भिडियो निर्देशन मदन खड्काले गर्नु भयको छ त्यस्तै छायाकन बिरेन्द्र भट्टको रहेको छ। भने भिडियोमा अभिनय अस्मिता डल्लाकोटि, सन्तोष पन्त, फिलिप देबकोटा र सुष्मा ढकालले गरेको अभिनयलाई अनिश डिसी ले सम्पादन गरेका छन्। जुन गीतको पुरा भिडियो तल हेर्नुहोस।

स्राेतः सन्जीवनी अनलाइन

 

 Fans

Leave a Reply

Your email address will not be published. Required fields are marked *