लोकतन्त्र सराप भयो कि बरदान ?

लोकतन्त्र सराप भयो कि बरदान ?

विगत १५ वर्षको शासनाको सकस भोगेका हाम्रा लागि लोकतन्त्र सराप हो कि बरदान ? यो हाम्रै सामु खडा भएको यक्ष प्रश्न हो । यसको जवाफ हामी आफैले खोज्नुपर्छ, खोज्न सकिएन भने हामी आफै सडकमा उत्रिएर ल्याएको लोकतन्त्र हाम्रै लागि गलपासो बन्नेछ । हामी जीवन रोज्ने कि मृत्यु ? अब हामीले निर्णय गर्ने बेला आयो ।
नेपालमा न बत्ती पाइन्छ, न पानी ? न औषधिमूलो छ, न न्याय ? अन्याय र अन्धकार, अपराधी र अराजकता नेपालको दीर्घरोग बन्न थालेको छ । के यही हो त नया“ नेपालको झल्का र झुल्का ? यही नया“ नेपाल हो भने लोकतन्त्र र गणतन्त्र नेपाल र नेपालीका लागि सराप साबित भयो ।
लोकतन्त्रमा त उज्यालो हुनुपर्ने हो । लोकतन्त्रमा त लोकले आनन्द अनुभव गर्न पाउनु पर्ने हो । लोकतन्त्रमा त लोकको आवाजको सुनवाई हुनुपर्ने हो । नेपाल लोकतन्त्रमा त प्रवेश ग¥यो । तर, लोकको महिमा र गरिमाको साख गिराइयो । लोक नेता र दललाई सत्तामा उक्लने भ¥याङ्मात्र साबित भए ।
जनतालाई दुःख दिने र आफु मोज गर्ने । हिजोको राजनीति यही थियो, यो गलत राजनीतिबाट नेपालले मुक्ति पाउने छा“ट देखिदैन ।
नेपालको राजनीति विदेशी मर्सिनरी राजनीतिका रुपमा हिजो जरो गाडेको थियो, त्यही जरामा संविधान अघि र संविधान जारी भएपछिका सरकारले पनि जग हाल्यो र आफ्नो नेतृत्वको सरकारलाई पनि मर्सिनरी राजनीतिको हा“गो साबित ग¥यो । गर्दैछ । पछिल्लो प्रकरण एमसीसी हो, यसैमा झन टड्कारो देखिने छ ।
इराकमा बुशले सद्दाम हुसेन पैदा ग¥यो र उसलाई अधिनायकबादी बनायो । अन्तमा सद्दामलाई झुण्ड्याएर मार्नमा पनि अमेरिकाकै सकृयता रह्यो । बीन लादेन तैयार गर्ने अमेरिका हो, उसका सेनाबेनालाई हतियार उपलव्ध गराउने पनि अमेरिकन नै थियो । बिन लादेनपछि तालिवान उफ्र्यो, अफगानिस्तानमा तालिवानले सत्ता कब्जा ग¥यो । निर्वाचित राष्ट्रपछि दशै छाडेर भाग्नुप¥यो । विश्वमा जति छन् आतङ्कवादी सबैको हतियारको स्रोत शक्ति राष्ट्र नै हुन् । यो कटु यथार्थभित्र किनबेचको राजनीति प्रभाबकारी भइरहेको छ । कमजोरहरुले न देश भन्न पाए, न पहिचान । यही भूमरीमा नेपाल पर्दै गएको छ । विश्वमा उत्पन्न आतङ्क र सत्ता राजनीतिबाट भागेकाहरुका लागि नेपाल धर्मशाला बन्दै गएको छ । अफगानी समेत नेपाल निकासी भएबाट हाम्रा शासकले बुझ्नुपर्ने हो । मर्सिनरीको कहा“ विवेक हुन्छ र बुझ्छन् ?
अर्थात्, नेपाल सामरिक रणनैतिक भूमि बनिसकेको छ । चीन आर्थिक शक्ति बनेपछि र चीनले दाया“बाया“ पाकिस्तान र उत्तरकोरियालाई आणबिक शक्ति बन्न मद्दत गरेपछि अमेरिकाले भारतस“ग आणबिक सन्धि गरेको छ । अमेरिकाको चाख नेपालमा बढ्नुको कारण विकास भने पनि तिब्बत र भारत नै हो । अव नेपालको चुरे पर्वतमा रहेको युरेनियमको भण्डार, पेट्रोल, तामाजस्ता खनिजको उत्खनन्मात्र होइन, चीन र भारतलाई तह लगाउने केन्द्र पनि नेपाल नै हुनेछ । नेपालमा अनेक थरिका किनबेचका मर्सिनरीहरु खडा हुनेछन् । ती मर्सिनरीहरु अरु नभएर ज्यादातर राजनीतिक दलभित्रैबाट उत्पादन गरिने छ । नेपालमा बढ्दो इसाइकरण भारत र चीन दुबैका लागि खतरनाक मिसाइल तैयार भइरहेको छ नेपालमा ।

सद्दाम, बिनलादेन, तालिवानीका मात्र होइनन्, लेण्डुप अनुहारका छाया“हरु समेत नेपालमा देखिन थालिसकेका छन् । स्वयम् सत्तारुढ गठबन्धन दलहरु रनभुल्लमा देखिन्छन् । यिनीहरु विदेशीले मात्रा बढाउ“दै लगेका चलखेलमा रत्तिन थालेका छन् । आत्माले नमाने पनि स्वार्थका बशमा परेका देखिन्छन् । अर्थात् नेपाली स्वाभिमान र स्वाधीनता दिनदिनै खुम्चिन थालेको छ । यसको दोष हाम्रा जनप्रतिनिधि, बुद्धिजीवी, विवेक बोल्न नसक्ने नागरिक समाजले लिनुपर्छ ।

अचम्म छ, नेपालले बंगलादेशलाई विजुली बेच्ने कुरामा भारतले आफै किन्ने र भारतले निकासी गरेर वर्षको अरवौं दलाली खाने भएछ । छिमेकी फस्ट भन्ने भारतको यस्ता दलाल प्रवृत्तिमा समेत नेपाली राजनीति बोल्न सक्दैन । हुन त भारतसग चिस्सिएको सम्बन्ध सुधार गर्न दिल्ली गएको प्रधानमन्त्री देउवाका दूत प्रकाश शरण महतले दिल्लीदेखि उत्तर प्रदेशसम्मका नेतालाई देशभित्रका, आफ्ना प्रतिद्वन्द्वी दलको चुक्ली लगाएर फर्किए । यस्तो परजीवी राजनीतिले सार्वभौमिकता कसरी बचाउ“छ ?

अर्थात्, नेपाल ओढार युगमा प्रवेश गरेको छ । कसको अकर्मण्यता र अन्धोपनले कुनै कालखण्डमा नभएको अदूरदर्शी राजनीतिको यो अन्धकार युग सुरु भएको हो ? आधुनिक नेपाल, कम्युटर युग, सञ्चारमा क्रान्ति, च्यानल टीभी, केबल जमाना, ‘इनर्जी फर दी इन्जिन’ को घट्दो अवस्था । स्वतन्त्रता जागरण । तर कहिल्यै उपनिवेश नबनेको नेपालमा, नया“ नेपालको सुरुआत यही हो ? आदिमकाल, आदि सभ्यता, प्राचीनभन्दा पनि प्राचीनकालको अन्धकारमा बस्नुपर्ने, बा“च्नुपर्ने बाध्यता । अन्धो राजनीतिक कंक्रिटको ओढार, जहा उज्यालो छैन, नेपाल त्यस्तो अन्धकार कालखण्ड युगमा पुग्यो ।

अ“ध्यारो नेपालमा पराइका विषालु छाया“ हिड्ने भए, हिंसा र अपराध बढ्ने भए । सुरक्षा हराउने भयो । बाहुबलको शासन चल्ने भयो । व्यभिचारले जरा गाड्ने भयो । कानुन व्यवस्थामा विचलन आउने भयो । नया“ सरकारको ढुंगे शैली र सोच देखेर बुध्दिजीवीहरु भन्न थालेका छन् ः यो अन्धकारको कारकतत्वलाई जनताले खोजी गर्नुपर्ने भयो । ९० सालको भूकम्पले टु“डिखेल फाट्यो । तलको माटो माथि र माथिको माटो तल पुग्यो । धरहरा ठनक्कै भा“चियो । यस्तैगरी जनक्रान्ति नभएसम्म नेपालको यो अन्धकार आदिमकाल सुध्रनेवाला छैन । २१ शताव्दिमा नेपाल र नेपालीलाई ओढार युगमा प्रवेश गराउनेलाई जनताले चिन्न र तिनको ढाड भा“च्न जरुरी छ । यसका लागि कसैलाई दोष दिएर र दोष अन्यत्र पन्छाएर राजनीतिक दलहरु पानीमाथिको ओभानो बन्न पाउने छैनन् ।
नाम गणतन्त्र, गणतन्त्रका सारथी सबै भ्रष्टीकरणका साझेदार । राजनीतिकरणले गर्दा कानुन कमजोर भयो, राजनीतिकरणभित्रका किटाणुहरुको पहिचान गरी तिनलाई जनताले दण्डित गर्नुपर्छ । तिनलाई ठेगान नलगाउने हो भने नेपाल सुडान, नाइजेरिया, कंगोजस्ता असफल देशको पंक्तिमा पुग्न धेरै समय लाग्ने छैन ।

सबै सत्तारस चुस्नमा व्यस्त छन् । सबैलाई सत्ता चाहिएको, भत्ता चाहिएको छ, देशको यो बिकराल समस्याप्रति कसैलाई चिन्ता र चासो छैन । अनि कसरी यो समस्याबाट मुक्त हुने अवस्था सिर्जना हुनसक्छ ?

समस्या संकट बनिसक्यो, संकटको थुप्रो लागेको छ । कतिपय राष्ट्रिय समस्याहरुका सम्बन्धमा राष्ट्रिय नीति बनाएर र राष्ट्रिय राजनीतिक एकता कायम गरेर समस्यास“ग जुध्नुपर्ने हुन्छ । प्रत्येक समस्याको समाधानका लागि सबै राजनीतिक दलहरुलाई एकै ठाउ“मा राखेर जुध्नुपर्ने दायित्व सरकारको हो । यो दायित्वबाट सरकार, प्रतिपक्षमात्र होइन, सिङ्गो सचेत समाजसमेत उदासीन छन् ।
नया“ नेपालको नेतृत्व गर्ने दलहरुले दिएको यो अन्धकार युगको उपहार जनताका लागि महगो साबित भएको छ । नेता सच्चिने कि जनता जागरुक हुने, आजको राष्ट्रिय प्रश्न यही हो ।

 Fans

Leave a Reply

Your email address will not be published. Required fields are marked *