दुर्गम गाउँमा बनेको दूधकोशी सामुदायिक अस्पतालको प्रचण्डले गरे उद्घाटन

समाचार
0Shares

असोज ५। सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिका ६ मुक्लीमा बनेको सुविधा सम्पन्न ५० शैयाको दूधकोशी सामुदायिक अस्पताल उद्घाटन गरिएको छ । थुलुङदूधकोशी गाउँपालिकाले बनाएको सोही भवनको उद्घाटन आज मुक्लीमा आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् ।

अध्यक्ष प्रचण्ड सोही भवनको उद्घाटनका लागि आजै बिहान हेलिकोप्टर मार्फत सोलुखुम्बुको मुक्ली पुगेका थिए । प्रचण्डसँगै भवन उद्घाटन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, प्रदेश नं १ सरकारका आर्थिक मामिला मन्त्री इन्द्र आङबो, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्ज हेम कुमार राई ‘शुरवीर’ लगायत नेताहरुको सहभागिता छ ।

गाउँपालिकाले संविधान दिवसको अवसर पारेर अस्पतालसँगै बहुप्राविधिक शिक्षालय र पालिकाको प्रशासनिक भवनसमेत उद्घाटन गरेको हो । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने गाउँपालिकाले श्रीमद् भागवत महायज्ञलगाएर स्वदेश तथा विदेशमा रहने ब्यक्तिहरुबाट रकम सङ्कलन गरी सुविधा सम्पन्न अस्पताल बनाएको हो । १० करोड १० लाख रुपैयामा रौता कुवर जेभी निर्माण कम्पनीले सोही अस्पतालको निर्माण गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *