माओवादीले समानुपातिक उम्मेदवारको लिष्ट टुंग्यायो

राजनीति
0Shares

असोज, ५ । आगामी मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक प्रणालीतर्फका उम्मेदवार टुंगो लगाएको छ ।
एक नेताकाअनुसार उम्मेदवारको बन्दसूची तयार भइसकेको छ । त्यसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्न मात्रै बाँकी छ । प्रचण्ड एक कार्यक्रममा सहभागि हुन सोलुखुम्बु गएकाले हस्ताक्षरण हुन नसकेको हो । समानुपातिक उम्मेदवारको सूची टुंग्याउन आज बिहान पदाधिकारी बैठक बोलाइएको थियो । तर, प्रचण्ड भवन उद्घाटनका लागि सोलुखुम्बु जाने भएपछि बैठक २ बजेसम्मलाई स्थगित गरिएको हो ।
बैठकले ४ सयबाट पनि नाम घटाएर ३३० जनाको नाम समानुपातिकमा सिफारिस गरेको छ । बैठकले सूची टुंग्याएपछि माओवादी त्यसलाई बुझाउन आयोग जाने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *