निर्देशक अमेरिकातिर, हिरो मुम्बईतिर, ‘प्रसाद २’को सुटिङ के हुन्छ ?

अन्तरर्वाता विचार
0Shares

काठमाडौं । अहिले चर्चामा रहेको फिल्म ‘प्रसाद २’का निर्माता सुवास थापाले फेसुबकमा विहीबार दिउँसो लेखे, ‘निर्देशक हलिउडतिर, एक्टर बलिउडतिर, मेरो प्रसाद २ ।’

निर्माता थापाको यो लाचारी हो या गर्व, यो कुरा उनैले जानुन् ।

तर उनको यो स्टाटसले एउटा स्पष्ट सन्देश चाहिं दिन्छ । निर्माता संघमा भएको लिखित सहमति अनुसार मंसिर ७ गतेदेखि फिल्मको छायांकन लगभग सम्भव देखिंदैन ।किनभने, उक्त सहमतिमा हस्ताक्षर गर्नेमध्ये दुईजना यतिबेला विदेशमा छन् । निर्देशक सुदर्शन थापा अमेरिका पुगेका छन् भने अभिनेता विपिन कार्की बलिउड फिल्म एनिमलको सुटिङमा व्यस्त ।

निर्माता थापाको उक्त स्टाटसले एकैसाथ लाचारी, व्यंग्य र बाध्यतालाई दर्शाउँछ । सुटिङको मिति नजिकिंदै गर्दा निर्माता गुनासो गर्ने अवस्थामा पुगेका छन् ।

ठीक यहीबेला अभिनेत्री नम्रता श्रेष्ठले पनि प्रोजेक्ट छाडेपछि उनको ठाउँमा केकी अधिकारी अनुबन्धित भइसकेकी छन् । निर्माता संघमा हस्ताक्षर गरे पनि विपिन पनि अलग्गिन सक्ने चर्चा सुरु भएको छ ।

तर निर्माता थापाको उक्त फेसबुक स्टाटसले एकसाथ धेरै संकेत दिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *