विश्वप्रकाशको आमसभामा राजेशपायलले भने- आँखा चिम्लेर उहाँलाई भोट हाल्नुस्

मनाेरञ्जन
0Shares

काठमाडौं । गायक राजेशपायल राईले झापा-१ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मालाई भोट मागेका छन् । बिहीबार झापामा आयोजित आमसभामा राजेशपायलले आफ्ना हिट गीतमा सांगीतिक प्रस्तुति समेत दिए ।

आमसभामा उनले आँखा चिम्लेर शर्मालाई भोट दिन मतदातालाई आग्रह समेत गरे । आफ्नो चर्चित थेगो ‘यो यो’ भन्दै उनले चुनावी सभालाई सांगीतिक माहोल बनाएका थिए । खोटाङमा भएको कन्सर्टपछि राजेशपायल बिहीबार झापा पुगेका हुन् ।

केही दिनअघि राजेशपायलले जनता समाजवादी पार्टीलाई पनि भोट दिन आग्रह गरेका थिए । ‘राई इज किङ’को रुपमा चर्चित राजेशपायल सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच समेत हुन् ।

स्रोतः अनलाइनखबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *