काठमाडौं । नेकपा एकीकृत समाजवादीले, वामपन्थी पार्टीहरुबीच एकताका लागि वार्ता टोली गठन गरेको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वामपन्थी पार्टीहरुसँग एकता तथा कार्यगत एकताका लागि वार्ता गर्न ४ सदस्यीय वार्ता समिति बनाएको हो ।
महासचिव डा. बेदुराम भुसाल, उपमहासचिवहरु प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा. विजय पौडेल रहेको समिति गठन गरेको सो पार्टीले जनाएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
+1
+1
+1
+1
+1
+1