काठमाडौं । बलात्कार मुद्धामा धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछाने शुक्रबार थुनामुक्त भएकाछन् । उच्च अदालत पाटनले हिजो बिहीबार २० लाख धरौटीमा छाड्न आदेश दिएसंगै लामिछाने आज थुनामुक्त भएका हुन् ।
पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै उच्च अदालत पाटनका न्यायाधिश रमेश ढकाल र ध्रुवराज नन्दको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा शशर्त छाड्न आदेश दिएको थियो ।
भदौ २१ गते एक नाबालिकाले सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी दिएपछि प्रहरीले असोज २० गते सन्दीपलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेको थियो ।
नाबालिका बलात्कारको आरोप लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
+1
+1
+1
+1
+1
+1