मन्त्रिपरिषद विस्तारः १२ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ

मुख्य समाचार राजनीति समाचार
8Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा आज थपिएका १२ मन्त्री र २ राज्यमन्त्रीले सपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले, उपप्रधानमन्त्रीमा राजेन्द्र लिङ्देनसहित अन्य दलका १२ मन्त्रीलाई शपथ खुवाएकी हुन्।

नेकपा एमालेबाट एक राज्यमन्त्रीसहित ८ जना मन्त्री बनेका छन्। त्यस्तै, माओवादी केन्द्रबाट एकजना राज्यमन्त्रीसहित र प्रधानमन्त्रीसहित छ जना मन्त्री बनेका छन्।

त्यस्तै, राप्रपाबाट एक राज्यमन्त्रीसहित ३ मन्त्री बनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित २ मन्त्री र एक राज्यमन्त्री बनेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् । माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । यस्तै सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

नेकपा एमालेबाट डा. विमला राई पौडेलले परराष्ट्रमन्त्री,  पदम गिरी स्वास्थ्यमन्त्री बनेका छन् । भगवती चौधरी र हरि उप्रेतीले विना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका हुन् ।

राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधानले शपथ लिएका छन् भने राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाल शिक्षा मन्त्री नियुक्त भएका छन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन् । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *