काठमाडौं । कर्णाली प्रदेशको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् ।
बुधबार दिउँसो प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनको समर्थन पाई न्यौपानेले २४ मत पाएर निर्वाचित भएकी हुन् ।
न्यौपानेलाई माओवादी केन्द्रको १३, नेकपा एमालेका ९, एकीकृत समाजवादी र राप्रपाका एक÷एक जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।
कालीकोटकी न्यौपाने समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन् ।
यसअघि आइतबार प्रदेशभाले एमालेकी नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
+1
1
+1
+1
+1
+1
+1