टी २० लिगमा फारवेष्ट युनाइटेडको दोस्रो जित

काठमाडौं । काठमाडौं युनाइटेडलाई पराजित गर्दै फारवेष्ट युनाइटेडले नेपाल टी २० लिगमा दोस्रो जित दर्ता गरेको छ। प्लेअफका लागि अंक गणितीय सम्भावना मात्र बाँकी रहेको फारवेष्टले काठमाडौंलाई ८३ रनको फराकिलो अन्तरले हराउँदै दोस्रो जित निकालेको हो। फारवेष्टले दिएको १९८ रनको लक्ष्य पच्छ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन […]

पुरा पढ्नुहोस् ।

प्रचण्ड सरकारमा तीन उपप्रधानमन्त्री, गृहमा नारायणकाजी र रविको दाबी

११ पुस, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने सहमति भएको छ ।स्रोतका अनुसार पौडेल अर्थमन्त्री हुने छन् भने श्रेष्ठ र […]

पुरा पढ्नुहोस् ।

‘पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाले बहुआयामिक विकासको ढोका खोल्नेछ’

नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चिम सेती जलविद्युत् परियोजना विकासको नयाँ चरणमा प्रवेश गरेको छ । पश्चिम सेती जलविद्युत् परियोजना विकासका लागि लगानी बोर्डले भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेडसँग गरेको समझदारी अनुसार उक्त कम्पनीले सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन पेस गरिसकेको छ ।  गत भदौ २ गते […]

पुरा पढ्नुहोस् ।

तरलता अभावको समस्या: कहिलेदेखि हुन्छ बैंकमा प्रशस्त पैसा ?

शुक्रबार उद्योगी प्रतापजंग पाण्डेले सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्दै भने– ‘मौन अवधि भन्नाले मुखले नबोल्ने, हातले कारोबार गर्नी, त्यसपछि बैङ्कहरूमा जम्मा गर्नी समय बुझ्न पर्‍यो ।’ उनको यो भनाइको आशय चुनावपछि बैंकिङ क्षेत्रमा तरलता वृद्धि हुन्छ भन्ने पनि हो । सेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेलले नै शुक्रबार फेसबुकमै अलि लामो स्ट्याटस लेखे । उनले लेखेका […]

पुरा पढ्नुहोस् ।

अर्को ‘सरप्राइज’ दिँदै काठमाडौं-२ : सोविताको अविचल अग्रता

काठमाडौं-२ ले प्रदेश सभा सदस्यमा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई छाडेर राप्रपाका सुनिल केसीलाई जिताएर एउटा सरप्राइज दिएको छ । उस्तै गरी प्रतिनिधिसभामा पनि घण्टीलाई जिताएर अर्को सरप्राइज दिँदैछ । ६ मंसिर, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-५ को राधाकृष्ण मन्दिर बाहिर ठूलो भीड छ । तर यो भीड मन्दिरमा घण्टी बजाउने भक्तजनहरुको होइन, भोट गन्ने […]

पुरा पढ्नुहोस् ।

रसुवाबाट प्रतिनिधिसभामा कांग्रेसका मोहन आचार्य निर्वाचित

६ मंसिर, काठमाडौं । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । २०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाए । उनीहरुबीचको मतान्तर ९ हजार ६२१ […]

पुरा पढ्नुहोस् ।

काठमाडौं १० मा कांग्रेसलाई अझै घण्टीको त्रास

राजन केसीले करिब २ हजार मतको अग्रता लिएका छन् । तर गणना हुन बाँकी रहेको दक्षिणकाली नगरपालिकामा राप्रपा उम्मेदवारले र चन्द्रागिरी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत पाएमा परिणाम उल्टिन सक्ने त्रास कांग्रेस नेताहरुमा देखिन्छ । ६ मंसिर, काठमाडौं । काठमाडौं– १० मा मतगणना सुरु भएदेखि अग्रता लिएका नेपाली कांग्रेसका उम्मेदवार राजन केसी आफ्ना प्रतिस्पर्धीभन्दा […]

पुरा पढ्नुहोस् ।

काठमाडौं-५ मा प्रदीपलाई अग्रता, पछिपछि ईश्वर

५ मंसिर, काठमाडौं । काठमाडौं-५ को मतगणनामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता कायम गरेको छ । कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मतका साथ अग्रता नाएका हुन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेलले १८ मत पाएका छन् । १०० मत गन्दा राप्रपाका रामप्रसाद उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शम्शेर राणा र नेपाल […]

पुरा पढ्नुहोस् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट आजदेखि

५ मंसिर, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरुको क्षमता परीक्षण गर्न सोमबारदेखि क्यालिब्रेसन उडान सुरु हुँदैछ । यसका लागि एरो थाईको जहाज शनिबार नै पोखरा पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो । यो […]

पुरा पढ्नुहोस् ।

कांग्रेसले खोल्यो जितको खाता, मुस्ताङबाट योगेशको विजयी सुरुवात

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनले नेकपा एमालेका प्रेम प्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविण […]

पुरा पढ्नुहोस् ।