back to top
Saturday, July 27, 2024
15.1 C
London
Home Blog

‘कल्की’ को तेलुगू भन्दा हिन्दी भर्सनको कमाइ धेरै

0

पहिलो सप्ताहन्त जसरी प्रभासको तेलुगू फ्यान फलोइङका ‘कल्की २८९८ एडी’ ले उछाल कमाइका साथ ओपनिङ गरेको थियो, आइतबारयता यसको हिन्दी भर्सनको कमाइ उच्च छ । हिन्दी भर्सनमा तेलुगूको भन्दा बढी कलेक्सन रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहीबार रिलिज भएको फिल्मले पहिलो तीन दिनमा तेलुगू भर्सनमा १२८.९ करोड भारु कमाएको थियो । जबकि तीन दिनमा हिन्दी भर्सनको नेट कलेक्सन ७१.५ करोड रह्यो । आइतबार हिन्दी भर्सनमा ४० करोड र तेलुगूमा ३८.८ करोड कमाइ गर्‍यो । त्यसयता हिन्दी भर्सनको कमाइ लगातार बढिरहेको छ । सोमबार तेलुगूमा १४.५ रहँदा हिन्दीमा १६.५ रह्यो । मंगलबार फिल्मको हिन्दी भर्सनले १३.७ करोड कमाउँदा तेलुगूले १०.६ कमाइ गर्‍यो ।

बबिनाको जीवनमा अचानक केहि खास भयो 

0

काठमाडौ : जीवनमा कहिले कहि अनौठो आभास संलाग्ने अवसर मिल्छ । यस्तो अनौठो जो जीवनमा कहिल्यै अनुभूति गर्न पाइएको थिएन । त्यो आभास यति मीठो हुन्छ जुन शिशिर अर्थात उराठ, विरक्तिलो, दिक्क लाग्दो, नरमाइलो अनुभूति भइरहेको बेला एकाएक मधुमास अर्थात बसन्तबहार, ऋतुहरुका पनि राजा वसन्त ऋतुको आवगमन भए जस्तो, चारैतिर खुसी नै खुसी, हर्ष नै हर्ष, उमंग नै उमंग छाए जस्तो आभास मिल्ने गर्छ । यस्तो आभास त्यति बेला मात्र मिल्छ जव जीवनमा कोहि विशेष मान्छे भेटिन्छ त्यस्तो मान्छे जो संसार कै राम्रो लाग्छ, उसैलाई नै हेरिरहु, शिशिरको विहानीको न्यानो घामको पहिलो किरण उसैको शिरमा पारु पारु जस्तो, इन्द्रेणीका सातै रङ्ग उसकै मुस्कानमा सारु सारु जस्तो, उसै संग बोलिरहु जस्तो, उसै संग डुलिरहु, उसै संग भुलिरहु जस्तो । साच्चै उसको आवगमनले जीवनमा केहि खास भएको आभास मिल्ने गर्छ । उसको अघि आँफू नै फिका अनुभुति हुने गर्छ, संसारका सारा खुसी उसै भित्र देख्न अनि भेट्न मन लाग्छ, आँफूलाई मेटाएर उसैलाई दिउँ दिउँ जस्तो लाग्छ, यस्तो लाग्छ आफ्नो केहि छैन, आफ्नो केहि होइन, जे छ उसैको हो, जे छ उसैलाई दिउँ, सबै खुसी उसै भित्र भरु जस्तो ..ऊ खुसी भए आँफू त्यसै खुसी, उ रमाए आँफूलाई त्यसैमा रमाइलो ..आँफू भन्दा धेरै माथी उ हुन्छ, उसको सम्झना हुन्छ, उसको याद हुन्छ, उसको माया हुन्छ अनि उ प्रतिका समर्पण भाव हुन्छ, सबै कुरा अटाउँछ उ भित्र …जीवनमा उ भए अरु केहि चाहिन्न, ऊ नै खुसी हो, ऊ नै संसार हो अनि उ नै सर्वस्व हो, उसको सामु मन कपास जस्तो नरम भइदिन्छ ।

ढुकढुकीमा सधैभरि उसैलाई नै सुनौ सुनौ जस्तो
गोरेटोमा हिँड्ने यात्री उसैलाई नै चुनौ चुनौ जस्तो
यो कस्तो अनौठो आभास भयो
अचानक यो दिल किन बदमास भयो ।


मुटुको हरेक ढुकढुकीमा उसैलाई महशुस गरिन्छ,  हर ढुकढुकीमा उसैको याद, मुटु देखि, मुटु भरिको, मुटुको गहिराईबाट, मुटुको कुना कुनाबाट, मुटुको हर ढुकढुकीमा एकअर्का प्रतिका मायालु भाव उर्लिन्छ ।  सधै सधैं ऊ नै ढुकढुकीमा भएको, मुटुको हर ढुकढुकीमा उसैलाई महशुस गरिएको, मुटुको ढुकढुकी आफ्नो तर त्यो ढुकढुकीमा उसको आभास अनि  त्यहि ढुकढुकीबाट पलाएको मायालुपनले आफ्नो मुटुलाई शितलता दिएको..आफ्नो ढुकढुकीले संगालेका अनगिन्ति मायालु भावहरु गीतमा पोखिएका छन् । जीवनको गोरेटो, उकाली, ओराली, भञ्ज्याङ, चौतारीहरुको सहयात्री उसैलाई चुन्न अव मन कत्ति हिचकिचाउदैन । लाग्छ उ भइदिए जीवनको तारेभिर ( साह्ररै अग्लो र कहालीलाग्दो ठाडो भिर) पनि सहजै काट्न सकिन्छ, उसको साथ यस्तो उर्जा हो जुन उर्जाका अगाडि सबै समस्याहरु फिका लाग्छन्, उ संगको यात्रामा हर कठिन यात्राहरु सहज, सरल र रोमाञ्चक हुन्छ । उ भइदिए जीवन सरल हुन्छ, सुखद् हुन्छ, उल्लास र उमंगमय हुन्छ अनि साच्चै जीवन जीवन जस्तो हुन्छ । उसको साथले जीवनमा यस्तै यस्तै अनौठो आभास मिल्छ ।

गीतकार अनु विज्ञातीले लेखेकी  प्रेमिल भावको गीत ‘आभास’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन  सहित नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ । इमेज एफ.एम. ९७.९ को प्रस्तुति ‘न्यु एण्ड फ्रेस’ मा अडियो सार्वजानिक भए लगत्तै बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक गरिएको उक्त गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने  मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्की र अनिल अधिकारीले रेकर्ड गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा बबिना आफै फिचर्ड छिन् । जस्केलो क्रियशनको तारतम्यमा प्रकृतिको सुन्दर स्थलमा छायाकंन गरिएको भिडियोमा यमुना पाण्डेको श्रृङ्गार कलाले सजिदै बबिनाले अनु बिज्ञातीका शब्दका भावहरु, संगीतको झंकार अनि आफ्नै स्वरको भाव भिडियोमा सर्लक्क उतारेकी छिन् ।  

यति प्रेमिल गीत कहिले र कसरी लेखियो भन्ने सन्दर्भमा गीतकार अनु विज्ञाती भन्छिन् ‘करिव एक वर्ष अगाडि यात्राको क्रममा थिएँ अचानक एउटा दृश्यमा आँखा टक्क अडियो । त्यो दृश्य देखेपछि शान्त मन लहरीमा एउटा छाल यसरी उर्लियो जसरी वर्षात् पछि खहरे उर्लन्छ,  भुकम्प पछि सुनामी उर्लन्छ । जीवनको अध्यायमा खहरे उमेर शान्त सागर बनेर बितेको रेकर्ड थियो तर सागर बन्ने उमेरमा एउटा रहरले हलचल ल्याइदियो । यहि हलचलले दिलाएको आभासलाई यी गीतका शब्दहरूमा उतार्ने प्रायस गरेकी छु । गीतमा आफ्नै गतिमा चलिरहेका पाइलाहरू अचानक कोहीसँग ठोक्किए पछि मनमा लहराएका प्रेमिल लहरहरुलाई प्रतिविम्वित गर्ने प्रयास गरेकी छु । गीतका हरेक स्टेन्जमा अचानक मनमा आएको प्रेमिल परिवर्तन,भावना,उतारचढाव र रहरहरुको उल्लेख गर्दै अन्त्यमा एकतर्फी प्रेम गर्ने दिललाई ’बदमास‘ भनेर सकिएको छ जसलाई चर्चित गायिका तथा संगीतकार बबिना भट्टराईले अत्यन्त न्याय गरेर संगीत भर्नु भएको छ अनि आफ्नो सुमधुर स्वरले सजाउनु भएको छ, त्यत्ति मात्र पनि होइन भिडियोमा समेत आफै समावेश भएर गीतका शब्दका भावलाई सर्लक्क उतार्नु भएको छ । वहाँको क्षमता प्रति म नतमस्तक भएकी छु । मेरो ‘आभास’ जस्ताको त्यस्तै आएको छ भिडियोमा । निक्कै शालीन र सुन्दर भिडियो बनेको छ जसको लागि बबिना भट्टराई मेरो तर्फबाट धन्यवादको पात्र हुनुहुन्छ । म वहाँको फ्यान त थिएँ नै यो गीतमा वहाँ संगको सहकार्यले म वहाँ प्रति अझ आभारी भएकी छु, वहाँको मनको नजिक कि फ्यान भएकी छु, आगामी दिनहरुमा पनि वहाँ संग सहकार्य गर्ने अवसर जुर्ने विश्वास लिएकी छु ।’

अनु विज्ञातीका एकदमै प्रेमिल भाव रहेको सुन्दर शब्दलहरीमा आफ्नो स्वर तथा संगीत मिसाउन पाउनुलाई खुसीको क्षण सम्झने गायिका तथा संगीतकार बबिना भट्टराई स्वर तथा संगीतद्धारा गीतलाई न्याय गर्ने कोशिश गरेको र आफ्नो कोशिश तथा प्रयास के कस्तो रह्यो मुल्याकंन गर्ने जिम्मा दर्शक, श्रोतालाई छोड्दै सल्लाह र सुझावको अपेक्षा राखेको भाव सहित आफ्नो सामाजिक संजाल फेसबुकमा गीत शेयर गरेकी छिन् । अनु विज्ञातीका यी शब्दहरुमा संगीत भरेर म्युजिक नेपालको स्टुडियोमा गाउँदा आँफू पनि शब्दहरु संगै बहेको, शब्दहरुले मनको भित्री कुना कुनामा प्रेमिल भाव झंक्रित भएको अनुभव संगाल्न पाएको उनी बताउँछिन् । धेरै पुरुष गीतकारहरुको शब्दमा काम गरेकी उनी अनु विज्ञाती जस्तो प्रतिभावान र राम्रा शब्दहरु लेख्ने गीतकारका शब्दहरुमा सहकार्य गर्न पाउँदा सन्तुष्टिको फरक अनुभूति संगाल्ने अवसर पाएको र आगामी दिनहरुमा पनि विज्ञातीका शब्दहरुमा काम गर्ने अवसर जुर्ने अपेक्षा राखेकी छिन् ।

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाको १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी  छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्,  श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।


गीत
यो कस्तो अनौठो आभास भयो
अचानक शिशिरमा मधुमास भयो ।

झुल्के घामको पहिलो किरण उसकै शिरमा पारु परु जस्तो
इन्द्रेणीको रङ्ग सारा उसकै मुस्कानमा सारु सारु जस्तो
यो कस्तो अनौठो आभास भयो
अचानक जीवनमा केहि खास भयो ।

कल्पनाको संसारमा सम्झना यी छरु छरु जस्तो
संसारको खुसीहरु उसै भित्र भरु भरु जस्तो
यो कस्तो अनौठो आभास भयो
अचानक यो मन किन कपास भयो ।

ढुकढुकीमा सधैभरि उसैलाई नै सुनौ सुनौ जस्तो
गोरेटोमा हिँड्ने यात्री उसैलाई नै चुनौ चुनौ जस्तो
यो कस्तो अनौठो आभास भयो
अचानक यो दिल किन बदमास भयो ।

हरेक वर्ष एक करोड बढीको छात्रवृत्ति दिने कलेज

0

नेपालकाे इन्जिनियरिङ शिक्षाकाे विकासमा याेगदान पुर्याउँदै आएकाे नेपाल इन्जिनियरिङ कलेजकाे समाचार प्रकाशित गरिदिनुहुन हार्दिक अनुराेध गर्दछाैं । यहाँहरूकाे सहयाेग प्रति कृतज्ञता व्यक्त गर्दछाैं ।

काठमाडौं । नेपालको इन्जिनियरिङ शिक्षाको विकासमा सन् १९९४ देखि सञ्चालित नेपाल इन्जिनियरिङ कलेजको महत्वपूर्ण भूमिका रहेको छ । शहरी कोलाहल र प्रदुषण भन्दा टाढा शान्त तथा हरियाली वातावरण युक्त कलेज चाँगुनारायण भक्तपुरमा अवस्थित छ । यस कलेजमा इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन–अध्यापन हुने गरेको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित कलेजले हरेक वर्ष एक करोड बढीको छात्रवृत्ति नै दिने गरेको छ ।

नेपाल इन्जिनियरिङ कलेजको विशेषता भनेको क्वालिटी एजुकेशन नै हो । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरु मध्येकै उत्कृष्ट कलेजका रुपमा परिचित नेपाल इन्जिनियरिङ कलेजले प्रयोगात्मक शिक्षण विधिलाई प्राथमिकताका साथ अङ्गालेको कलेजका कार्यवाहक प्रिन्सिपल एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारीको दावी छ । यसका साथै कलेजले विद्यार्थीहरुलाई इन्टरनेशनल एक्सपोज दिन युरोप, अस्ट्रेलिया, जापानका प्रतिष्ठित कलेज र विश्वविद्यालयसँग विद्यार्थी तथा फ्याकल्टी एक्सचेन्ज कार्यक्रममा सहकार्य गरेको छ । ‘हामीले यहाँ पढ्ने विद्यार्थीलाई इन्टरनेशनल एक्सपोजको सुविधा दिएका छौं । हरेक वर्ष विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिमा युरोप, जापान लगायत विश्वका उत्कृष्ट कलेजमा अध्ययन गर्न पठाइन्छ ।’ कार्यवाहक प्रिन्सिपल भण्डारी जिकीर गर्नुहुन्छ ।

विद्यार्थीले कुनैपनि बेला आफ्ना शैक्षिक समस्याहरु फ्याकल्टीहरुसँग सोध्न सकुन् भनेर कलेजले पूर्णकालिन फ्याकल्टीहरुको ब्यवस्था गरेको छ । ‘कुनैपनि विषयगत विषयमा विद्यार्थीले जुनसुकै बेला आफ्ना शिक्षकहरुसँग निर्धक्क जिज्ञासा र समस्या राख्न पाउनुपर्छ । अनी मात्र उसले चाहेको ज्ञान हासिल गर्न सक्छ । हामीसँग करिब ९० प्रतिशत अर्थात् १२० जनाभन्दा बढी अनुभवी शिक्षकहरु हुनुहुन्छ ।’ कार्यवाहक प्रिन्सिपल भण्डारी भन्नुहुन्छ ।

त्यस्तै कलेजले दिने छात्रवृत्ति अर्को आकर्षण हो । पोखरा विश्वविद्यालयले प्रदान गर्ने १० प्रतिशत विद्यार्थी छात्रवृत्तिसँगै कलेजले हरेक वर्ष विभिन्न शिर्षकमा लगभग १०० जना विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको छ । कार्यवाहक प्रिन्सिपल भण्डारीका अनुसार कलेजले स्थानीय नागरिकका छोराछोरीलाई इन्जिनियरिङ शिक्षामा अवसर दिन चाँगुनारायण नगरपालिका मार्फत छात्रवृत्ति प्रदान गरिरहेको छ ।

कलेज सञ्चालन बोर्ड छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, प्रवेश परीक्षा उत्कृष्ट छात्रवृत्ति लगायत विभिन्न छात्रवृत्तिहरु कलेजमा छ । यसका अलावा सेमेष्टर टपर लगायतलाई पनि छात्रवृत्ति उपलब्ध गराइएको छ । ‘इन्जिनियरिङ शिक्षामा सबैको पहुँच पुगोस भनेर हामीले अधिकतम छात्रवृत्ति दिने गरेका छौं । शुल्कको कुरा गर्दा अन्य कलेजहरुको दाँजोमा हामीले कमै शुल्क लिइरहेका छौं ।’ कार्यवाहक प्रिन्सिपल भण्डारी भन्नुहुन्छ ।

स्थापनाको तीसौं वर्षमा पुग्दै गर्दा कलेजबाट दशौं हजार दक्ष जनशक्ति उत्पादन भइसकेका छन् । कलेजले उत्पादन गरेका दक्ष जनशक्ति अहिले नेपाल सरकारका उच्च ओहदा, निजी तथा गैरसरकारी संस्थामा कार्यरत मात्र छैनन् विश्वका विभिन्न देशहरुका प्रतिष्ठित कलेज, विश्वविद्यालय र व्यवसायीक प्रतिष्ठानहरुमा कार्यरत छन् । स्थापनाकालदेखि आज पर्यन्त कलेजले क्वालिटी एजुकेशनमा सदैव जोड दिँदै आइरहेकोले इन्जिनियरिङ कलेजहरुको अनुगमन, नियमन गर्ने नेपाल इन्जिनियरिङ काउन्सिलले स्थायी प्रमाणपत्र दिएको छ । परिषद्ले इन्जिनियरिङ कलेजहरुको शैक्षिक, भौतिक र प्रशासनिक अनुगमन गरेर स्थायी र अस्थायी प्रमाणपत्र दिने गरेको छ । नेपाल इन्जिनियरिङ कलेज, पुल्चोक क्याम्पस लगायत केही समिति इन्जिनियरिङ कलेजहरुसँग मात्र स्थायी प्रमाणपत्र छ ।

पछिल्लो समय नेपाल इन्जिनियरिङ कलेज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको सञ्चालन समिति मार्फत सञ्चालनमा छ । कलेजका तत्कालिन सञ्चालकहरु मध्ये लम्बोदर न्यौपानले कलेजको करोडौं सम्पत्ति अपचलन गर्दै एकल सम्पत्ति बनाउने प्रयास गरेपछि सरकारले नै हज्जारौं विद्यार्थी, शिक्षक र कर्मचारीहरुको भविष्य जोडिएको कलेज बचाउनु पर्दछ भनेर सरकारले नै नयाँ सञ्चालक समिति गठन गरेको हो ।

कलेजमा स्नातक तह तर्फ सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुलर इन्जिनियरिङ, कम्प्युटर साइन्स एन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिशेकन इन्जिनियरिङ तथा वि.ई. सिभिल फर डिप्लोमा होल्डर्सको अध्यापन हुने गरेको छ । स्नातकोत्तर तहमा ललितपुरको प्रयागपोखरी स्थित नेक–सिपिएसमा कन्ट्रक्सन म्यानेजमेन्ट, इन्टरडिस्प्लिनरी वाटर रिसोर्स म्यानेजमेन्ट, नेचुरल रिसोर्स म्यानेजमेन्ट र ट्रान्सपोर्टेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको अध्यापन हुने गरेको छ ।

नाटक पूर्णविराममा अक्सिजनको अभाव र पानीको हाहाकार

0

“आखिर कसले अठ्याइरहेको छ समयको गर्धन ? निसासिइरहेको छ प्रत्येक पल वर्तमान,
फट्फटाउँदै छट्पटाएर, कसको मुखभित्र प्रवेश गरिरहेछन् दिन, महिना र वर्षहरू ?
कसको षड्यन्त्रमा फसेको छ, वायु ? कसको अधिनमा छ, ब्रम्हाण्डको आयु ?”
मञ्चको अघिल्लो कुनामा सुतिरहेको एक वृद्धको आवाज सुनिन्छ । एकसरो वेरिएको कपडामा रहेका वृद्ध मरुभूमि जस्तो देखिने स्थानबाट उठेर दर्शकदिर्घातिर हेर्दै निरन्तर बोल्न थाल्छन् ।
“दिनको रक्तचाप बढेसँगै पग्लिँदै गइरह्यो, मानव जातिको अस्तित्व
भयभित, त्रसित, आतंकित छन्, भूतकालका कंकालहरू
ए सेपियन्सहरू ! बन्द गर अब सृष्टि ।
मानव जीवन पृथ्वीको स्वास्थ्यका लागि हानीकारक छ ।”
वृद्धको आवाज सकिन नपाउँदै पृष्ठभूमिबाट केही मानिसहरू सेताम्मे भेषमा खासखुस गर्दै देखा पर्छन् । पृथ्वीमा अक्सिजन र पानीको अभाव भएपछि मुखमा विरुवाको अक्सिजन लगाएर पानी खोज्दै आइपुग्छन् । वृद्ध चुप लागेर कुनाबाट सबै नियालिरहन्छन् । डिटेक्टर मेसिनसहित पानीको खोजीमा आएका मानिसहरु मरुभुमीमा चिसो ठाउँ भेट्टाउँछन् । यो सबै वृद्धले देखेपछि रोक्न खोज्छन् । त्यसपछि ती वृद्धले सबै रहस्यहरु सुनाउन थाल्छन् र कथा अगाडि बढ्दै जान्छ । यो दृश्य हो सर्वनाममा मञ्चन भइरहेको नाटक पूर्णविरामको ।

काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि मञ्चन भइरहेको नाटकका पूर्णविरामका लेखक सुरज पराजुली हुन् । बढ्दो शहरीकरण र वातावरण विनासले भविष्यमा मानव सभ्यतामै पूर्णविराम लाग्ने त हैन भन्नेमा लेखक चिन्ता व्यक्त गर्दछन् । उनी भन्छन् ‘कंक्रिटको जंगलमा रुमल्लिएका म जस्ता करोडौँ मानिसहरू केहि दिनलाई नै सहि शान्ति खोज्दै प्रकृतिको काखमा पुग्ने चाह राख्दछन् । धरालाई निर्मम हातहरू नै माटोलाई सुम्सुम्याउन, रुखलाई अंगालो हाल्न चाहन्छन् । वर्षा, खोला या झरनाको संगीत रुचाउने कानहरूले ठुला ठुला स्पिकरमा कराउन कहिल्यै छोडेनन् । माटोको अथवा प्रकृतिको सुगन्ध मनपराउने नाकहरूलाई अव्यवस्थित ढंगले ढल बगाउन र कुहिएको दिनचर्या धरतीलाई सुम्पिन लाज लागेन । यस्ता विभिन्न कुराले मलाई भित्रभित्रै सताइरहेको थियो । छट्पटि नै भएको थियो ।’ उनले त्यही छट्पटि नाटक पूर्णविराममा पोखेको बताउँछन् । उनले रंगकर्मी, चलचित्रकर्मी, कर्मचारी, पत्रकार, शिक्षक, विद्यार्थीहरु लगायत सबैलाई एकपटक नाटक हेरिदिन अनुरोधसमेत व्यक्त गरे ।

नाटकको परिकल्पना तथा निर्देशन आरुष मगरले गरेका छन् । नाटकको विषयवस्तुले आफुलाई तानेको उनी बताउँछन् । मानिस आफैँमा प्रकृतिको एउटा अंश हो भन्ने कुरा सायद हामीले बिर्सिरहेका छौँ । निरन्तर प्रकृतिको दोहन गरेर फुस्रो रजगजमा रमाइरहेका छौँ । जसको असर वर्तमान समयमा हामीले देख्दै र भोग्दै आईरहेका छौँ । जानेर या नजानेर भावि पिढिलाई जिउन समेत मुस्किल हुने वातावरण सिर्जना गरिरहेका छौँ । यसप्रति हामी सबै समयमै सचेत र सजग हुनुपर्छ भन्ने कुराले मलाई उत्साहित बनायो र नाटक निर्देशनको जिम्मेवारी लिएको उनी बताउँछन् ।

नाटकमा रिनेक्श बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारु, भूमिका थारू, विध्यक तिलक, बसन्त बहादुर खड्का, सरस्वती दाहाल, युवराज थापा मगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, शू गूँः, सुदिश थापा मगर, सुजन परियारलगायतको अभिनय रहेको छ । नाटक ‘पूर्णविराम’को मञ्च तथा पोस्टर रसिक राजले बनाएका हुन् ।

नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ । बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ ? लगायतका विभिन्न चिन्ताजनक प्रश्नहरू उठाइएको छ । राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूत आवश्यकता पुरा गर्न भोग्नुपर्ने कठिनाइ आदि नाटकमा प्रस्तुत गरिएको छ । कोरोना भाइरसले विश्वमा धेरै मानिसहरुको ज्यान लिएको विगतको सन्दर्भमा नाटकमा पनि एक वैज्ञानिकले अक्सिजन सोस्ने भाइरस निर्माण गरेर वातावरणमा छरिदिन्छन् । जसले वातावरणमा भएको सबै अक्सिजन सोस्छ । मानिसहरुलाई सास फेर्न समेत गा¥हो हुन्छ र विरुवाहरु खोज्न थाल्छन् । एन्टागोनिष्ट साइन्टिस्टको भुमिकामा रहेका रिनेक्स बस्नेतको अभिनयले नाटकलाई थप रोमाञ्चित बनाउँछ । नाटक पूर्णविराम वातावरण विनास गरेर मानव बस्ती विस्तार गर्ने मनुष्य प्रवृत्तिमाथिको दरिलो झापड हो ।

नाटकलाई काठमाडौं महानगरपालिका वडा नम्बर २९ को सहयोगसमेत रहेको छ । असार २९ गतेसम्म मञ्चन हुने नाटक बिहीबार बाहेक हरेक दिन साँझ ५ः१५ बजे र अतिरिक्त प्रदर्शन शनिबार १ बजेपनि रहनेछ ।

राज्यले ऐन, कानुनको परिधिमा रहेर मात्र परियोजनाहरूलाई स्वीकृति दिन्छ: मन्त्री चौधरी

0

काठमाडौँ, अषाढ ५ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राज्यले ऐन, कानूनको परिधिमा रहेर मात्र देशमा आउने परियोजना, कार्यक्रमहरूलाई स्वीकृति दिने बताउनुभएको छ ।

आज मन्त्रालयमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ नेपालका नवनिर्वाचित नेतृत्वसँगको भेटघाट कार्यक्रममा मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । मुलुकमा अन्तर्राष्ट्रिय गैर सरकारी तथा राष्ट्रिय गैर सरकारी संस्था मार्फत आउने परियोजना, कार्यक्रमहरू राज्यको सर्वोपरि हित हुने गरी अनुमति दिने उहाँको भनाई थियो ।

मन्त्री चौधरीले केही परियोजना स्वीकृतिका लागि आउँदा केही पनि सच्याउन नमिल्ने हिसाबले आउने र स्वीकृतिका लागि दबाब दिने गरिएको समेत बताउनुभयो । तर राज्यले जहिले पनि मुलुकको सर्वोपरि हितलाई ख्याल गरेर मात्र स्वीकृति दिने उहाँको भनाई थियो ।

‘राज्यले ऐन, कानूनले तोकेको परिधिभित्र रहेर काम गर्छ । राज्यले निषेध गरेका विषय वा क्षेत्रमा कार्यक्रम गएको छ कि छैन भनेर हेर्ने गर्छ’, मन्त्री चौधरीले भन्नुभयो ।

मन्त्री चौधरीले राज्यको दायराभित्र रहेर लक्षित समुदाय, आर्थिक सूचकाङ्कका हिसाबले पछाडि परेका लक्षित वर्ग, सोह्रौँ राष्ट्रिय योजनाले लिएको लक्ष्यलाई केन्द्रमा राखेर कार्यक्रमहरू बनाउनुपर्ने बताउनुभयो ।

उहाँले स्वीकृतिका लागि आएका फाइलहरू के कारणले अड्किएको छ भन्ने कुरामा पनि ध्यान दिनुपर्ने भन्दै सच्याउनका निम्ति दिइएका सुझावहरूलाई पनि विकास साझेदार संस्थाहरूले ध्यान दिनुपर्ने बताउनुभयो ।

विषय वा प्राथमिकताका आधारमा राज्यलाई के कति फाइदा हुन्छ भन्ने कुरा ध्यानमा राखेर काम गर्नुपर्ने उहाँको भनाई थियो । अधिकार र जिम्मेवारीका सन्दर्भमा मन्त्री चौधरीले राज्य सधैँ जिम्मेवार ढङ्गले काम गर्ने बताउनुभयो ।

यसैबिच सोही अवसरमा मन्त्रालयका सचिव दिनेश भट्टराईले विकास साझेदार संस्थाहरूले मुलुकको विकासका निम्ति गर्दै आएको कार्य प्रशंसनीय भएको भन्दै केही कुराहरू राज्यले मसिनो गरी हेर्नै पर्ने बताउनुभयो । राज्यले निर्धारण गरेको अनुशासनभित्र रहेर काम गर्नुपर्ने भन्दै उहाँले मुलुकको विकासका लागि राज्य र नागरिक समाजबिच समन्वय गर्दै काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले सुशासन र विकासका लागि राज्य र सरोकारवाला साझेदार संस्थाहरू मिलेर काम गर्नुपर्ने बताउनुभयो । यससम्बन्धी नीति, नियमलाई सरल, सहज बनाउन आवश्यक रहेको भन्दै उहाँले गलत कुरा र भ्रमहरूलाई निरुत्साहित गर्नुपर्ने समेत बताउनुभयो ।

त्यसैगरी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ नेपालका तर्फबाट नवनिर्वाचित अध्यक्ष डा.एसपी कलौनेले यस क्षेत्रमा थुप्रै चुनौतीहरू रहेको भन्दै सम्भावनाहरू पनि प्रशस्तै भएको बताउनुभयो ।

समाज कल्याण परिषद्लाई डिजिटाइजेशन गर्ने कुरा मन्त्री चौधरीले गरेको बताउँदै त्यसमा संस्थाका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको समेत बताउनुभयो ।

भोली म पनि ज्येष्ठ नागरिक बन्छु भन्ने नभुलेर बुवा आमाको सेवा गरौँ: महिला मन्त्री चौधरी

0

कावासोती, ५ अषाढ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भोली हामी पनि ज्येष्ठ बन्छौँ भन्ने कुरा कसैले भुल्न नहुने बताउनुभएको छ ।

रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेशले राष्ट्रिय युवा परिषद् भक्तपुरसँगको समन्वय तथा गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकाको सहयोगमा वैदेशिक रोजगारमा गएका युवाहरूको घरपरिवारका दिदीबहिनीहरूको उद्यमशीलता विकासका लागि आयोजना गरेको एक महिने ब्युटिसियन तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै ।

नवलपरासी पूर्वको कावासोतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो आमाबुवाप्रतिको दायित्व कुनैपनि सन्तानले भुल्न नहुने बताउनुभयो । ‘ज्येष्ठ नागरिक हामी सबैको पूजनीय आमा, बुवा हुन् । तर अहिलेको अवस्थामा सन्तानले आफ्नो बुवा आमालाई बिर्सेर केयर होम तथा वृद्धाश्रममा लैजाने प्रवृत्ति बढेको छ, मन्त्री चौधरीले भन्नुभयो, ‘त्यो कुराको अन्त्यका निम्ति सबै पालिकामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र हुनपर्छ । त्यहाँ उनीहरू आ-आफ्नो अनुभव साटासाट गर्छन् । जसले गर्दा उनीहरूको रिफ्रेसमेन्ट हुन्छ र उसको बाँच्ने उमेर केही वृद्धि हुन सक्छ ।’

पालिका आफैँले पनि ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रहरू निर्माण गर्न सक्ने उहाँको भनाई थियो।

दिवा सेवा केन्द्रमा आएर ज्येष्ठ नागरिकहरू भलाकुसारी गर्दा उनीहरूको आयु पनि लामो हुने मन्त्री चौधरीले बताउनुभयो । ज्येष्ठ नागरिकको आयु बढाएर के गर्ने भन्ने कुरा पनि आउने गरेको भन्दै उहाँले ज्येष्ठ नागरिक हामी सबैको अभिभावक भएकाले सबैले सेवाभाव प्रकट गर्नुपर्ने बताउनुभयो । ‘भोली हाम्रो छोराछोरीले पनि ज्येष्ठ नागरिकलाई बचाएर के गर्ने भन्ने अवस्था नआओस् । त्यसका निम्ति हाम्रा हरेक टोलमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र हुनुपर्छ । तर यो बजेटले केही दिवा सेवा केन्द्रका निम्ति मात्र बजेट आएको छ । हामीले जुन उद्देश्यले यो कार्यक्रम अगाडि ल्याएका थियौँ त्यसअनुसार बजेट व्यवस्थापन हुन सकेन’, मन्त्री चौधरीले भन्नुभयो ।

हकवाला कोही नभएको, सन्तान नभएकाहरूका निम्ति ज्येष्ठ नागरिक सेवा केन्द्र हुनुपर्छ भन्ने अवधारणा ल्याएको भन्दै उहाँले सोचेजस्तो बजेटको व्यवस्था नभए पनि केही केन्द्रहरू यो वर्ष निर्माण हुने बताउनुभयो ।

मन्त्री चौधरीले आफ्ना सन्तानले बुवा आमालाई वृद्धाश्रम तथा सेवा केन्द्रमा छाडेर जाने प्रवृत्ति बढेको भन्दै उक्त कार्यको अन्त्यका निम्ति मन्त्रालयले नियमावली निर्माण गरेर १० प्रतिशत आमाबुवाका निम्ति अनिवार्य खर्च गर्ने व्यवस्था गरिएको बताउनुभयो । ‘अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत कमाई आमा बुवाका लागि खर्च गर्नुपर्छ । उसको कमाई निजी वा सरकारी जुनसुकै क्षेत्रबाट प्राप्त भएपनि अभिभावका निम्ति खर्च गर्नुपर्नेछ’, उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिक नियमावली पहिलो संशोधन २०८१ मार्फत यो कुरा लागू हुनेछ । यो पालिकामार्फत लागू हुनेछ । मन्त्रिपरिषद्बाट पारित भएको छ अब छिट्टै यो नियमावली लागू हुनेछ ।’

पछिल्लो समय ब्युटिसियन पेसाले उद्यमको रूपमा विकास हुँदै गएको भन्दै मन्त्री चौधरीले वैदेशिक रोजगारमा जाँदा पनि राम्रो अवसर पाउने अवस्था रहेको बताउनुभयो ।

विवाह, पार्टी, औपचारिक कार्यक्रम लगायत सबैजसो अवसरहरूमा मेकअप व्यवसाय अनिवार्य बन्दै गएको भन्दै उहाँले जसले गर्दा महिलालाई आत्मनिर्भर बनाउन सहयोग मिलेको बताउनुभयो ।

महिला सम्बन्धी अहिलेसम्म जतिपनि ऐन कानून बनेका छन् त्यसका विषयमा जानकारी नभएको भन्दै उहाँले ती कानूनहरूको बारेमा जानकारी दिन सबै पालिकाहरूमा बडापत्र राख्नुपर्ने बताउनुभयो । त्यस्तै कतिपय संस्कारका नाममा हुने कुरीतिजन्य गलत मान्यताहरूको अन्त्य गर्नका निम्ति हामीले अझै धेरै अभियान सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

मन्त्री चौधरीले पालिका उपप्रमुखलाई कानूनी भूमिका सँगै बजेट निर्माण गर्ने अधिकार दिएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । ‘संविधान कानूनले पालिकाको उपप्रमुखलाई न्यायिक समितिको प्रमुख हुने अधिकार दिएको छ भने वार्षिक बजेट निर्माण गर्ने जिम्मेवारी दिएको छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘बजेट निर्माण गर्दा महिलामैत्री बजेट निर्माण गर्न ध्यान दिनुस् । खासगरी उनीहरूको सीप विकास र उद्यमशीलता विकास गर्न काम गर्नुस् ।’

धेरैलाई यसबारेमा जानकारी नै नभएको भन्दै मन्त्री चौधरीले यो कुरामा ध्यान दिन आग्रह गर्नुभयो ।

नयाँ आर्थिक सर्वेक्षणको रिपोर्टले उद्यमशीलतामा २८ प्रतिशत महिला सहभागिता पुगेको भन्दै उहाँले यसले उद्यमशीलतामा महिला सहभागिता वृद्धि हुँदै गएको देखाएको बताउनुभयो ।

त्यस्तै राजनीतिक सहभागिताका हिसाबले संविधानले ३३ प्रतिशत व्यवस्था गरेकाले सहभागिता वृद्धि भएपनि निर्णायक तहमा भने अझैपनि महिलाहरू पुग्न नसकेको बताउनुभयो । ‘अहिले पनि स्थानीय तहमा झन्डै ४१ प्रतिशत महिला सहभागिता पुगेपनि सोही पालिकाको वडाध्यक्षमा १ प्रतिशत मात्रै महिला सहभागिता छ । संघसंस्थामा पनि निर्णायक तहमा पुग्नका निम्ति ध्यान दिनुपर्‍यो’, मन्त्री चौधरीले भन्नुभयो ।

त्यसैगरी मन्त्रालयले बालबालिकाको संरक्षणको काम गर्दै आएको उहाँले बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली पनि संशोधन गर्ने प्रक्रियामा रहेको बताउनुभयो । मन्त्री चौधरीले विभिन्न समयमा महिलाहरू अहिले पनि हिंसामा पर्ने गरेको भन्दै उहाँले हिंसामुक्त समाज निर्माणका निम्ति कानूनी व्यवस्था पनि कडा बनाउँदै लैजानुपर्ने बताउनुभयो ।   

रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्रनारायण थनेटको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासी पूर्वका प्रमुख बाबुराम विश्वकर्मा, कावासोती नगरपालिकाका मेयर विष्णु भुसाल, संविधानसभाका सदस्य कृष्णप्रसाद आचार्य, राष्ट्रिय युवा परिषद्का सदस्य तिलोत्तम पौडेल, मध्यविन्दु नगरपालिकाका उपमेयर पूर्णकला चौधरी, गैँडाकोट नगरपालिकाका उपमेयर फुलकुमारी थनेट, गैँडाकोट नगरपालिकाका उपमेयर शान्ति कोइराला, प्रमुख प्रशिक्षक खगिसरा लामिछानेलगायतले उद्यमशीलताको महिलाको आर्थिक अवस्था माथि उठाउने भएकाले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभएको थियो ।

राहुल गान्धीलाई अब मोदीले बेवास्ता गर्न सक्ने छैनन्

0

अब प्रधानमन्त्री नरेन्द्र मोदी र प्रतिपक्षी नेता राहुल गान्धी एउटै टेबल र बैठकमा बारम्बार देखिने छन् । मोदीले राहुल गान्धीको संवैधानिक भूमिकालाई बेवास्ता गर्न सक्ने छैनन् ।

लोकतन्त्रमा ‘वैधानिक प्रतिपक्ष’ अपरिहार्य हुन्छ ।

तर ‘संसारकै सबैभन्दा ठूलो लोकतन्त्र’ मानिएको भारतको लोक सभामा विगत १० वर्षदेखि ‘प्रतिपक्षी नेता’ थिएनन्, ‘लिडर अफ अपोजिसन’ को पद खाली थियो ।

कारण थियो– ‘विपक्षी नेता’ को तलब भत्ता सम्बन्धी ऐन १९७७ को व्यवस्था ।

यो ऐनले लोक सभाको विपक्षी नेताले प्राप्त गर्ने सेवासुविधा मात्र प्रष्ट गर्दैन, उसको काम, कर्तव्य र हैसियतका कतिपय पक्षको समेत चर्चा गर्दछ ।

ऐनको व्यवस्थाअनुरूप कोही व्यक्ति लोक सभामा ‘प्रतिपक्षको नेता’ हुन तीन वटा शर्त पूरा भएको हुनुपर्दछ ।

पहिलो– प्रतिपक्षको नेता हुने व्यक्ति लोक सभाको निर्वाचित सदस्य हुनुपर्दछ ।

दोस्रो– उक्त व्यक्ति दलबाट निर्वाचित हुनुपर्दछ र ती व्यक्ति सम्बद्ध दल सरकारमा सामेल भएको हुनुहुँदैन ।

र तेस्रो– ती व्यक्तिको दलले एक्लै लोक सभाका १० प्रतिशत सिट जितेको हुनुपर्दछ ।

विगत दुई चुनावमा विपक्षमा रहेका कुनै पनि राजनीतिक दलले तेस्रो शर्त पूरा गर्न सकेका थिएनन् । सन् २०१४ मा प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले ४४ सिट मात्र जितेको थियो र सन् २०१९ मा ५२ सिट ।

प्रतिपक्षको नेता हुन कम्तीमा ५४ सिट चाहिन्थ्यो । यसपटक कांग्रेसले ९९ सिट अर्थात् करिब १८ प्रतिशत सिट जितेको छ । र कांग्रेसले राहुललाई विपक्षी दलको नेता बन्न प्रस्ताव गरेको छ, उनले स्वीकार गरिसकेका छैनन् ।

राहुलको बढेको सुविधा र भूमिका

दलको प्रस्ताव स्वीकार गरेमा राहुल गान्धी लोक सभाको ‘लिडर अफ अपोजिसन’ हुने छन् । यसको ‘प्रोटोकल’ क्याबिनेट मन्त्रीसरहको हुनेछ । उनलाई देशभरी हवाई तथा रेल टिकट निःशुल्क हुनेछ । सरकारी आवास पाउनेछन् । जारी तलबमानमा उनको तलब मासिक ३ लाख ३० हजार भारु हुनेछ । यो तलब सांसदको भन्दा करिब डेढ लाखले बढी हो ।

प्रतिपक्षी नेतालाई सरकारले सचिवालय र विशेष सुरक्षाको प्रबन्धन पनि गर्दछ । गान्धीको सचिवालयमा विज्ञहरूको समेत नियुक्ति हुन सक्नेछ ।

गान्धीको सेवा सुविधा मात्र बढ्ने छैन, जिम्मेवारी पनि उत्तिकै बढ्ने छ ।

चौथो र पाँचौ सदस्य को ?

प्रतिपक्षी नेता देशका सबै महत्वपूर्ण र संवैधानिक नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस हुने ५ सदस्यीय छनोट समितिको सदस्य हुुनेछ । यसको अध्यक्षता प्रधानमन्त्रीले गर्नेछन् भने प्रधानमन्त्रीले नै नियुक्त गर्ने अर्को एक मन्त्री सदस्य हुनेछन् ।

अर्थात् अब प्रधानमन्त्री नरेन्द्र मोदी र प्रतिपक्षी नेता राहुल गान्धी एउटै बैठकमा बारम्बार देखिने छन् । मोदीले राहुल गान्धीको संवैधानिक भूमिकालाई बेवास्ता गर्न सक्ने छैनन् ।

विगत १० वर्षमा मोदी र गान्धी विरलै सँगै देखिएका थिए । उनीहरू बीचको सम्बन्ध पनि समुधुर थिएन । संवैधानिक नियुक्तिको सिफारिसका लागि छनोट समितिमा मात्रै हैन, लोक सभाभित्र पनि राहुल गान्धीको भूमिका बढ्ने छ ।

उनले संसद्‌मा बोल्नका लागि विशेष समय प्राप्त गर्न सक्ने छन् । सरकारका नीति तथा कार्यक्रममाथि औपचारिक तथा आधिकारिक प्रतिपक्षीय टिप्पणी र समीक्षा प्रस्तुत गर्नु उनको संवैधानिक दायित्व हुनेछ ।

भारतमा सार्वजनिक लेखा समितिको सभापति समेत प्रतिपक्षको नेता हुने प्रचलन छ । अब यो भूमिका समेत राहुल गान्धीले गर्नुपर्नेछ ।

उनले अब सामान्य र हल्का राजनीतिक टिप्पणी गरेर धर पाउने छैनन् । प्रत्येक विषय र घटनामाथि उनले वस्तुनिष्ट विवरण दिनुपर्ने छ । यसका लागि उनले आफ्नो अध्ययन र मिहिनेतलाई बढाउनुपर्ने हुन्छ ।

सत्तापक्ष र प्रतिपक्षका नेताबीच यो एक समानता हुनेछ ।

५३ वर्षीय राहुल गान्धी अविवाहित छन् । त्यसो त प्रधानमन्त्री नरेन्द्र मोदी विवाहित भएर पनि गृहस्थ जीवनमा छैनन् ।

भारतीय राष्ट्रिय कांग्रेसको हालत त्यति खराब कहिल्यै भएको थिएन, जति पछिल्ला दुई चुनावमा भएको थियो । कांग्रेसले इतिहासको आफ्नो भूमिका र स्थान फिर्ता गर्न सक्छ कि पतन भएर जान्छ सम्मका प्रश्नमा बहस हुन थालेका थिए ।

राहुल गान्धीलाई खासै परिपक्क नेतृत्व मानिएको थिएन । यद्यपि उनी २००४ यता निरन्तर लोक सभामा निर्वाचित हुँदै आएका थिए ।

राहुल गान्धीलाई भाजपा नेता कार्यकर्ता ‘पप्पु’ भनेर व्यङ्ग्य गर्थे, जसको अर्थ हुन्थ्यो– नेतृत्वका लागि परिपक्व भइनसकेको, जिम्मेवारी उठाउन नसक्ने, कुनै परिवार वा खान्दानको लाडप्यारमा हुर्किएको कच्चा चरित्रको छोरो ।

अझ प्रधानमन्त्री नरेन्द्र मोदी त राहुुल गान्धीलाई लक्षित गरी ‘शाहजादे’ भन्ने गर्दथे । अर्थात् उनी गान्धी परिवारका राजकुमार मात्र हुन्, आफू बराबरीका नेता हैनन् भन्ने भावना प्रस्तुत गर्थे ।

राहुल गान्धी सन् २००४ मा ३४ वर्षको उमेरमा पहिलोपटक अमेठी निर्वाचन क्षेत्रबाट लोक सभा सदस्य निर्वाचित भएका थिए । तर उनी डा. मनमोहन सिंह नेतृत्वको यूपीए गठबन्धनको १० वर्षे सरकारको पालामा मन्त्री भने भएनन् ।

त्यो बेला ‘मन्त्री हुनु’ उनका लागि सामान्य कुरा थियो । प्रधानमन्त्री सिंहलाई धेरैले सोनिया गान्धीको ‘छाया’ भन्थे ।

तर आमा सोनियाले छोरा राहुललाई मन्त्री हैन, पार्टीको सभापति बनाइन् । राहुलका लागि मन्त्री पद सानो थियो, जसले उनको व्यक्तित्व बढ्ने हैन, घट्न सक्दथ्यो । परिवारवादको चर्को आरोप र सन् २०१९ मा पार्टीले प्राप्त गरेको कमजोर चुनावी नतिजापछि उनले पार्टी सभापति पदबाट पनि राजीनामा दिए ।

५ पुस्ता लामो विरासत

गान्धी परिवारको राजनीतिक विरासत पाँच पुस्ता लामो छ ।

मोतीलाल नेहरूले ब्रिटिस शासनकाल मै कांग्रेस सभापति भएर यसको सुरुवात गरेका थिए । सन् १९१९ मा मोतीलाल नेहरू पहिलोपटक भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष भएका थिए । सन् १९२८ मा दोस्रोपटक ।

मोतिलाल नेहरूका छोरा जवाहरलाल नेहरू भारतको पहिलो प्रधानमन्त्री भए । उनले तीन पटक निर्वाचित बहुमतको प्रधानमन्त्री भएर इतिहास रचे ।

जवाहरलाल नेहरूकी पुत्री इन्दिरा गान्धीको पालादेखि यो परिवारलाई ‘गान्धी–नेहरू परिवार’ भन्न थालियो ।

किनकि इन्दिराले फिरोज गान्धीसँग विवाह गरिन् । इन्दिरा आफैं बारम्बार शक्तिशाली प्रधानमन्त्री भइन् । उनका छोरा राजीव गान्धीले ४० वर्षको उमेरमा प्रधानमन्त्री भएर देशको इतिहासमै सबभन्दा युवा प्रधानमन्त्रीको रेकर्ड बनाए ।

गान्धी–नेहरू परिवारबाट तीन पुस्ता नै प्रधानमन्त्री भइसक्यो । प्रतिपक्षी नेता भएपछि राहुल प्रधानमन्त्रीको सम्भावित दावेदार पनि हुनेछन् ।

किनकि संसदीय लोकतन्त्रमा विपक्षी नेतालाई ‘वेटिङ प्राइममिनिस्टर’ पनि भनिन्छ । ‘छाया सरकार’ त उनले अहिल्यै बनाउन सक्नेछन् ।

प्रधानमन्त्री मोदीले यसपटक ‘४०० पार’ को नारा दिएका थिए तर, २४० सिटमा सीमित भए । ४०० पारको रेकर्ड पनि अहिलेसम्म कांग्रेसकै नाममा छ । सन् १९८४ मा इन्दिराको हत्यापछि भएको चुनावमा कांग्रेसले ४१४ सिट जितेको थियो । यो रेकर्ड न त्यसअघि थियो न त्यसयता कुनै दलले तोड्न सकेको छ ।

सानै उमेरमा हजुरआमा र पिताको हत्या बेहोरेका राहुल गान्धी सायद त्यति कच्चा छैनन्, जति ठान्ने गरिन्छ । इन्दिरा गान्धीको हत्या हुँदा उनी १४ वर्षका थिए, पिता राजिव गान्धीको हत्या हुँदा २१ वर्षका थिए ।

राहुल गान्धीले यसबीच लामालामा राजनीतिक यात्रा गरे । उनले कन्याकुमारीदेखि कश्मीरसम्म ‘भारत जोडो यात्रा’ र मणिपुरदेखि महाराष्ट्रसम्म ‘भारत जोडो न्याय यात्रा’ गरे । कांग्रेसले यसपटक प्राप्त गरेको ९९ सिटमा राहुलको मेहनत र यात्राहरूको भूमिका छ भन्ने तथ्य उनको पार्टीले सहजै स्वीकार गरेको छ । स्रोतः अनलाइनखबर

दलको सदस्‍यता ८२५ शिक्षकले त्यागे : शिक्षामन्त्री

0

४ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलको सदस्यता लिएका ८२५ शिक्षकले सदस्यता त्यागेको बताएकी छन् ।

मंगलबार मन्त्रालयमा आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको तथ्यांक प्रस्तुत गरेकी हुन् । त्यस्तै आफू मन्त्री भएको १०० दिन अवधिमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको, ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उनले उल्लेख गरिन् ।

शिक्षामा दलीय राजनीति हुनुहुँदैन भनेर सुरु गरेको काम सन्तोषजनक नभएको उनको भनाइ छ । ‘तर यो सुरुवात हो, यो गर्नुपर्ने काममा छ । यो काम गर्नको लागि सबैले सहयोग गर्नुभयो भने चाँडै हुन्छ । यो सरकारको मात्रै हो भन्यो भने गाह्रो हुन्छ’, मन्त्री श्रेष्ठले भनिन् ।

मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आवद्ध शिक्षकहरुको तथ्याङ्क माग गरेपनि प्राप्त नभएको मन्त्री श्रेष्ठले बताइन् ।

उनले हाल संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक कहिले पारित हुन्छ भनेर आफूले भन्न नसक्ने बताइन् ।

‘हामी कार्यपालिकामा छौं । विधेयक व्यवस्थापिकामा छ । मौखिक र लिखित रुपमा चाँडै ल्याउन आग्रह गरिसकेका छौं । समितिले हरेक प्रदेशमा गएर छलफल गर्ने कुरा भएको थियो । समितिले त्यो काम गरिरहेको छ भन्ने लाग्छ । तर विधेयक अहिले आउँछ भन्ने प्रश्न सोधिन्छ । त्यो चाहिँ मेरो हातमा छैन’, उनले भनिन् । स्रोतः अनलाइनखबर

उद्योगमन्त्री भण्डारी र बेलायती राजदूत फेनबीच भेटवार्ता द्धिपक्षीय व्यापार तथा लगानीका विषयमा छलफल

0

काठमाण्डु – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उद्योग मन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षीय हित र आपसी सहयोगको विषयमा छलफल भएको थियो ।

मन्त्री भण्डारीले बेलायती राजदूतसंगको भेटमा जलविद्युत् तथा ऊर्जा क्षेत्रको साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीको लागि ठोस प्रयास हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री भण्डारीले नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएको भन्दै त्यस पश्‍चातको केही वर्षको लागि म्ऋत्क् अन्तर्गतको अति कम विकसित मुलुकलाई प्रदान गरिएको सुविधाको निरन्तरताको लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

उहांले नेपालको उत्पादनशील क्षमता विकास गरी निर्यात अभिवृद्धि गर्नको लागि उद्योग तथा निर्यात व्यापार लक्षित प्राविधिक सहायता विस्तारको लागि समेत भेटमा अनुरोध गर्नुभएको छ ।

‘अन्तरआवद्धता, पूर्वाधार विकास, ऊर्जा, व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा बेलायत सरकारसँग साझेदारी विस्तारमा नेपाल प्रतिवद्ध छ । हामी उद्योग,जलविद्युत र शिक्षा क्षेत्रको विकासमा बेलायतको अनुभव,ज्ञान,सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौं ।’ मन्त्री भण्डारीले भेटमा भन्नुभयो ।

भेटमा बेलायती राजदूतले नेपालको निजी क्षेत्रको विकास बेलायतको प्राथमिकतामा रहेको भन्दै नेपाल सरकारसंग नजिक भएर काम गर्न इच्छुक रहेको धारणा राख्नुभयो । उहांले भेटमा नेपाली नियार्तलाई प्रर्वद्धन गर्न आफुहरुले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । बेलायती राजदूतले बेलायत खुला अर्थतन्त्रको पक्षपाति मुलुक भएको भन्दै नेपाल र विश्व वजारको विचमा आफुले सेतुको भुमिका खेल्ने बताउनुभयो ।

भेटमा बौद्धिक सम्पति संरक्षण तथा प्रवद्र्धन र द्धिपक्षीय व्यापार तथा लगानीका विषयमा पनि समेत छलफल भएको थियो ।